छोराको जन्म दिनको अवसरमा बुबाले दिए विद्यार्थीलाई न्यानो कपडा

छोराको जन्म दिनको अवसरमा बुबाले दिए विद्यार्थीलाई न्यानो कपडा

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मा रहेको गैँयाश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (ट्याक सुट) वितरण गरिएको छ । आज(शुक्रबार) सोही वडाको सुकाजोर घर भएका शेर बहादुर दर्लामी मगरले छोराको जन्म दिनको अवसरमा न्यानो कपडा वितरण गर्नुभयोे ।

बेलायतमा रहेका छोरा बिक्रम दर्लामी मगरको २६ औँ जन्म दिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको शेर बहादुर दर्लामी मगरले बताउनुभयो । ८४ वर्षिय हजुरबुबा मान बहादुर मगरले केक काटेर विद्यार्थीसँगै नातिको जन्म दिन मनाउन पाउँदा खुशी लागेको बताउनुभयो ।

सो विद्यालयका १५ जना विद्यार्थीलाई मगर परिवारले न्यानो कपडा वितरण गरेको हो । रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको प्रमुख आतिथ्यतामा न्यानो कपडा वितरण कार्यक्रममा भएको हो ।

उक्त कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी कार्कीले यस्ता सामाजिक कामहरुमा सबै लाग्नुपर्ने बताउनुभयो । यस्ता कामहरुले समुदायमा एकताको भावना बढाउने उहाँको भनाई छ । समुदाय नै सकृय भएर लागे मात्रै विद्यालय शिक्षा सुधार गर्न सकिने उहाँले बताउनुभयो । विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा विद्यालयका प्रधानाध्यापक ईन्दु बस्नेतले मगर परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार