रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मानेडाँडामा बुद्धको मूर्ति अनावरण गरिएको छ । बुधबार(आज) रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने र बौद्ध धर्मका गुरु टुल्कु साङ्गे शेडुब तेन्जीन ठिन्ले पालश्याङपो रिन्पोक्षले संयुक्त रुपमा मूर्ति अनावरण गर्नुभयो ।
धर्म गुरु रिन्पोक्षले बुद्ध मूर्ति प्राणप्रतिष्ठा,छेवाङ तथा टाप्चे गर्नुभयो । रामेछाप नगरपालिकाको १५ लाख र स्थानियबाट सहयोग संकलन भएको १५ लाख गरी ३० लाखको लागतमा बुद्धको मूर्ति निमार्ण भएको हो ।
बुद्धको मूर्ति सँगै वरिपरि घेराबारमा ३० लाख रुपैया खर्च भएको वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले जानकारी दिनुभयो । उपभोक्ता समिति मार्फत बुद्धको मुर्ति निर्माण तथा अनावरण कार्यक्रम भएको हो ।