रामेछाप अस्पतालमा यहि माघ २७ र ३० गते विशेषज्ञ चिकित्सकले सेवा दिने

रामेछाप अस्पतालमा यहि माघ २७ र ३० गते विशेषज्ञ चिकित्सकले सेवा दिने

रामेछाप अस्पताल रामेछापमा हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन । अस्पतालमा विशेषज्ञ/विशिष्टिकृत सेवा विस्तार गर्न हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डी सेवा संचालन भइरहेको अस्पतालका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले बताउनुभयो ।

यहि माघ २७ गते आइतबार मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग विशेषज्ञले सेवा दिनेछन । यसैगरी माघ ३० गते बुधबार पेट,आन्द्रा तथा कलेजो रोग विशेषज्ञ र मानसिक तथा नशा रोग विशेषज्ञले सेवा दिने निमित्त मेसु श्रेष्ठले बताउनुभयो । बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीले नाम दर्ता गर्न सक्नेछन् । बिहान ११ बजेदेखि बिरामी चेकजाँच सुरु हुने अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा गर्नुभएको सेवाग्राहीलाइ अनिवार्य बिमा कार्ड लिएर आउन पनि अस्पताल प्रशासनले आग्रह गरेको छ ।

साथै सहिद दिवसको अवसरमा यहि माघ १६ गते ३० वर्ष माथिका नागरिकहरुलाई निशुल्क नसर्ने रोग (उच्च रक्तचाप, मधुमेह, दम, उच्च कलेष्ट्रोल, आदि) पहिचानको लागि जाँच गराईने भएकाले निशुल्क सेवाको फाईदा लिई स्वास्थ्य जाँच गर्न पनि अस्पतालले अनुरोध गरेको छ । रामेछाप अस्पतालमा बाल रोग विशेषज्ञ डा निरज श्रेष्ठले २४ सै घण्टा सेवा दिइरहनुभएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाह भएपछि बिरामीको चाप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार