जुनेली बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा बुधबार(आज) सम्पन्न भएको छ । रामेछाप नगरपालिका ८ रामेछाप बजारमा कार्यालय रहेको संस्थाको कार्यक्षत्र रामेछाप नगरपालिकाको वडा नं ६,७,८,९ र मन्थली नगरपालिकाको वडा नं ४ र ६ हो ।
“सुनिश्चित भविष्यको लागी आम्दानीको केही अंश बचत गर्ने बानी बसालौँ” भन्ने मूल नाराका साथ २०६४ सालमा स्थापना भएको यो संस्थाले १७ वर्षे यात्रा पुरा गरेको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष उमेश विक्रम थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।