रामेछाप नगरपालिकाको खेलकुद विकास समितिको संयोजकमा केदार कार्की

रामेछाप नगरपालिकाको खेलकुद विकास समितिको संयोजकमा केदार कार्की

रामेछाप नगरपालिकाको खेलकुद विकास समितिको संयोजकमा केदार कार्की नियुक्त हुनुभएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले कार्कीलाई नगर खेलकुद विकास समितिको संयोजकमा मनोनित गर्नुभएको हो ।

नगर प्रमुखस्तरीय निर्णयबाट कार्कीलाई नगर खेलकुद संयोजकको जिम्मेवारी दिने निर्णय भएको हो । नगर प्रमुख न्यौपानेले कार्कीलाई नियुत्ति पत्र हस्तान्तरण गर्दै सुस्ताएको खेलकुदको गतिविधिलाई चलायमान बनाउन सबैसँग समन्वय र सहकार्य गरेर काम गर्न आग्रह गनुभयो ।

कार्की रामेछाप नगरपालिका वडा नं ८ को निवर्तमान वडाअध्यक्ष,नेपाली कांग्रेस रामेछाप नगरपालिकाका उपसभापति र रामेछाप जिल्ला तेक्वान्दो संघका अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार