रामेछापको भालुखोप र देउरालीमा भएको निशुल्क आँखा शिविरमा ११३ जनाले लिए सेवा

रामेछापको भालुखोप र देउरालीमा भएको निशुल्क आँखा शिविरमा ११३ जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिकाको वडा नं ६ ओख्रेनीको शहरी स्वास्थ्य केन्द्र भालुखोप र २ नं वडा देउरालीको स्वास्थ्य चौकीमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

यहि मंसीर १४ र १५ गते दुई वडामा सञ्चालन भएको १ दिने निशुल्क आँखा शिविरमा १ सय १३ जना आँखाका बिरामीले सेवा लिएका छन । उक्त शिविरबाट ९ जना मोतिविन्दुको बिरामीको पहिचान भएको र उनीहरुको आँखाको निशुल्क शल्यक्रिया गरिने तिलगंगा आँखा प्रतिष्ठान रामेछाप सर्जिकल आँखा केन्द्रको प्रमुख उमेश तामाङले बताउनुभयो । उनिहरुको यहि मंसीर २७ र २८ गते मन्थलीमा शल्यक्रिया गरिने छ ।

उक्त शिविरको रामेछाप नगरपालिका ६ नं वडा कार्यालय ओख्रेनी, २ नं वडा कार्यालय देउराली, तिलगंगा आँखा प्रतिष्ठान रामेछाप सर्जिकल आँखा केन्द्र र साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछापले संयुक्त रुपमा आयोजना गरेको हो । सामाजिक जवाफदेहिता र दायित्व अन्तर्गत सहकारीले आफ्नो कार्यक्षेत्रमा निशुल्क आँखा शिविर सञ्चालन गरेको सहकारीका अध्यक्ष शिवराज श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार