रामेछाप नगरपालिका–७ मा बालमैत्री वडा घोषणा हुन ४३ वटा सूचक पुरा

रामेछाप नगरपालिका–७ मा बालमैत्री वडा घोषणा हुन ४३ वटा सूचक पुरा

रामेछापको रामेछाप नगरपालिका बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणाको तयारीमा छ । नगरका ९ वटै वडाहरु बालमैत्री वडा घोषणा गर्न विभिन्न सूचकहरु पुरा गर्ने अभियानमा छन । नगरपालिकाको वडा नं ७ सुकाजोरले ५१ वटा सूचकमध्ये ४३ वटा सूचक पुरा गरेको छ ।

वडा कार्यालयमा शनिबार सूचक मापन कार्यशाला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी गराइएको वडा नं ७ का वडा अध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । नगरपालिकाको ९ वटा वडाहरुमध्ये सबैभन्दा बढी सूचक ७ नं वडाले पुरा गरेको छ । अब छिट्टै नगरभरीकै पहिलो बालमैत्री वडा घोषणाको तयारीमा ७ नं वडा लागेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

यहि २०८१ चैत्र मसान्तसम्म बालमैत्री नगरपालिका घोषणा गर्न तिव्र रुपमा काम भैरहेको छ । सबै वडाहरुमा ५१ वटा सूचकहरु पुरा गर्न विभिन्न कामहरु भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार