मन्थली नगरपालिकामा सरसफाई सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ

मन्थली नगरपालिकामा सरसफाई सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ

“हामी सवैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार(आज) बाट सुरु भएको छ । यो अभियानको पहिलो दिन रामेछापको मन्थली नगरपालिकाले सरसफाई कार्यक्रम गरेको छ ।

मन्थली बसपार्क हुँदै,एर्पोट क्षेत्र र हाटेचौर क्षेत्रमा सरसफाई गरिएको मन्थली नगरपालिकाले जानकारी दिएको छ । सरफाई पश्चात भएको कोण सभा कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले लैङ्गिक हिंसा अन्त्य गर्न सबैको भुमिका महत्पुर्ण हुने बताएका थिए ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाईदै आएको छ । महिला हिंसा अन्त्य दिवसका अवसरमा हरेक वर्ष यो अभियान चल्ने गरेको छ । सोमबारदेखि १० डिसेम्बरसम्म चल्ने अभियानमा सरकारी तथा गैरसरकारी निकाय क्षेत्रबाट विभिन्न चेतनामूलक कार्यक्रम हुने गरेका छन् ।

डोमिनिकन रिपब्लिकमा तत्कालीन त्यहाँका तानासाह राफेल ट्रुलिजाले तीन महिला अधिकारकर्मीलाई क्रूर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो ।

सोही दिनको सम्झनामा अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको हो । ७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र सङ्घको महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार