उमाकुण्ड गाउँपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन गर्न थप गर्‍यो भत्ता 

उमाकुण्ड गाउँपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन गर्न थप गर्‍यो भत्ता 

रामेछापको उमाकुण्ड गाउँपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन गर्न भन्दै संघीय सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई दिँदै आएको भत्तामा केही रकम थप गरेको छ ।

माध्यमिक तहको प्रधानाध्यापक भत्ता २ हजार रुपैयाँ थपेर २५०० पुर्‍याएको छ भने आधारभूत तह १-८ का प्रधानाध्यापकको भत्तामा १२०० थपेर १५०० पुर्‍याएको छ र आधारभूत तह १-५ का प्रधानाध्यापकको भत्ता ८०० थपेर १००० रुपैयाँ पुर्‍याएको छ ।

संघीय सरकारले माध्यमिक तहका प्रधानाध्यापकलाई प्रधानाध्यापक भत्ता मासिक ५०० रुपैयाँ उपलब्ध गराउँछ भने ८ कक्षा सम्मको आधारभूत विद्यालयका प्रधानाध्यापकलाई मासिक ३०० रुपैयाँ र ५ कक्षा सम्मको आधारभूत विद्यालयका प्रधानाध्यापकलाई मासिक २०० रुपैयाँ भत्ता उपलब्ध गराउँछ ।

त्यस्तै गाउँपालिका विद्यालयले पाउने वार्षिक मसलन्द खर्च पनि थप गरेको छ । संघीय सरकारले १२ कक्षासम्मको माध्यमिक विद्यालयलाई उपलब्ध गराउँदै आएको ३० हजार रुपैयाँ मसलन्द खर्चमा ७० हजार रुपैयाँ थप गरेको छ ।

१० कक्षा सम्मको माध्यमिक विद्यालयलाई उपलब्ध गराउँदै आएको २५ हजार मसलन्द खर्चमा ५० हजार थप गरेको छ । त्यसै ८ कक्षासम्मको आधारभूत विद्यालयलाई उपलब्ध गराउँदै आएको २० हजार मसलन्द खर्चमा २० हजार थप गरेको छ भने ५ कक्षासम्मको आधारभूत विद्यालयलाई उपलब्ध गराउँदै आएको १० हजार मसलन्द खर्चमा १५ हजार थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार