रामेछाप अस्पतालमा हरेक महिना विशेषज्ञ चिकित्सकले सेवा दिने 

रामेछाप अस्पतालमा हरेक महिना विशेषज्ञ चिकित्सकले सेवा दिने 

रामेछाप अस्पताल रामेछापमा हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सकले सेवा दिने भएका छन । अस्पतालमा विशेषज्ञ/विशिष्टिकृत सेवा विस्तार गर्न हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डी सेवा संचालन गर्न लागिएको अस्पतालले एक सूचना मार्फत जानकारी दिएको छ ।

यहि कार्तिक ४ गते आइतबार मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ,मानसिक तथा नशा रोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग विशेषज्ञले सेवा दिने छन । बिहान ८ बजेदेखि बिरामीले नाम दर्ता गर्न सक्नेछन् । बिहान ११ बजेदेखि बिरामी चेकजाँच सुरु हुने अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा गर्नुभएको सेवाग्राहीलाइ अनिवार्य बिमा कार्ड लिएर आउन पनि अस्पताल प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार