दशैँ विशेष लोकभाका ‘ए परदेशी सुन’ सार्वजनिक

दशैँ विशेष लोकभाका ‘ए परदेशी सुन’ सार्वजनिक

नेपालीहरुको महान पर्व बडा दशैँको शुभकामना सहित दशैँ विशेष लोकभाका ‘ए परदेशी सुन’ सार्वजनिक गरिएको छ । दिपक सुनुवार,संगिता लुङ्गेली मगर र नविन पुलामी मगरको सुमधुर आवाज रहेको गितमा गोविन्द लामिछानेको शब्द रहेको छ । कमल सरगमको संगित रहेको गितमा घर छोडेर परदशीएकाहरु र घरदेशमा रहेका परिवारबिचको वेदनालाई समेटिएको छ ।

दशैँ आएपछि परदेशमा रहेकाहरु र घरमा भएकाहरुको भावनालाई शब्दमा समेटेर तयार पारिएको मनछुने लोकभाकाको भिडियो पनि निकै राम्रो बनेको छ । बिहिबार दिपक सुनुवार नामक युट्युब च्यानल मार्फत गित सार्वजनिक भएको छ । गितमा समिर लामा,सृष्टिी तामाङ्ग,बाबु सन्ज्याल,कृष्ण खत्री,रविन श्रेष्ठ,सजिना आले र राम सुनुवारको अभिनय रहेको छ ।

गितको भिडियो हेर्न तल क्लिक गर्नुहोस् : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार