बालिकालाई यौन व्यवसायमा लगाउने रामेछापका गोरे र सिन्धुलीका राजु पक्राउ

बालिकालाई यौन व्यवसायमा लगाउने रामेछापका गोरे र सिन्धुलीका राजु पक्राउ

बालिकाहरुलाई यौन व्यसायमा लगाएको आरोपमा रामेछाप र सिन्धुलीका दुई पुरुष पक्राउ परेका छन् ।काठमाडौँमा होटल सञ्चालन गर्दै आएका उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका ८ का २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ४२ वर्षीय राजु शाही रहेका छन् । काठमाण्डौँको कोटेश्वरमा कमलामाई खाजा घर एण्ड गेस्ट हाउस सञ्चालन गर्दै आएका उनीहरुले बालिकालाई यौन व्यवसायमा लगाएको पाईएपछि पक्राउ गरिएको व्युरोका प्रवक्ता, एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार होटल सञ्चालकहरुले बालिकालाई होटलको कामको बाहनामा आर्थिक प्रलोभन देखाएर यौन व्यवसायमा लागएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले सो गेष्ट हाउसबाट ५ बालिकाको उद्धार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार