रामेछापमा बाँदर लगायत जङ्गली जनावरको आतङ्क,किसानलाई सास्ती

रामेछापमा बाँदर लगायत जङ्गली जनावरको आतङ्क,किसानलाई सास्ती

रामेछापका धेरै ठाउँमा जङ्गली जनावरका कारण किसानले सास्ती ब्यहोर्नु परिरहेको छ । खासगरी बाँदर,बँदेल,दुम्सी लगायत विभिन्न जङ्गली जनावरले बालीनाली सखाप पारिदिनाले किसानले बर्सेनि करोडौँ रुपैयाँको नोक्सानी ब्यहोर्नुपरिरहेको हो ।

जिल्लाको लिखु तामाकोशी गाउँपालिका ४ मा पनि जङ्गली जनावरले बालीनाली सखाप बनाउने गरेको छ । बाँदर,मृग र दुम्सीले बालिनाली नै नष्ट गर्ने गरेको श्रीराज महतले बताउनुभयो ।

जिल्लाकै रामेछाप नगरपालिकाको पनि धेरै ठाउँहरुमा बाँदरले बालिनाली नष्ट गर्ने गरेको छ । आग्री गाउँका बिमला बस्नेतले बाँदरले धेरै दुख दिएको बताउनुभयो । परिवारको एक जना सदस्य त दिनभरी खेतबारीमै बस्नुपर्ने अवस्था रहेको उहाँले सुनाउनुभयो ।

रामेछापमा बाँदरलगायत जङ्गली जनावरले बाली पाक्नु अगाडी नै नष्ट पारेर किसानलाई हैरान पारेका छन् । रामेछा्पका सबैजसो क्षेत्रका किसानलाई बाँदर, बँदेललगायत जङ्गली जनावरबाट मकै बाली कसरी जोगाउने भन्ने चिन्ता छ ।

किसानलाई दिनभर बाँदरले हैरान पार्छ भने राति बँदेल र दुम्सीले दुख दिने गरेका छन् । जङ्गली जनावरले बर्सेनि बालीनाली सखाप पारिहे पनि स्थानीय सरकारबाट क्षतिपूर्ति नपाएको किसानको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार