आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा रामेछापले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा जिल्लाका दुई जना सक्रिय पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
आईतबार(आज) रामेछाप नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा खोज पत्रकारीता बर्ष पुरस्कारबाट पत्रकार नवराज पथिक र उत्कृष्ठ आदिवासी जनजाति पत्रकारीता बर्ष पुरस्कारबाट तुलसीदेवी श्रेष्ठलाई सम्मान गरिएको हो । श्रेष्ठलाई नगद रु १० हजार सहित र पथिकलाई नगद रु ५ हजार सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी उर्जा जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ्ग(कान्छाराम)ले सम्मान पत्र प्रदान गर्नुभयो । सम्मानित पथिक राष्टिय तथा स्थानिय विभिन्न संचारमाध्यममा सकृय रुपमा पत्रकारीता गर्दै आउनु भएको छ भने श्रेष्ठ रेडियो तिफदीमा काम गर्दै आउनुभएको छ ।
फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरे लगायत जिल्लाका सकृय पत्रकारहरुको उपस्थिती रहेको थियो ।