बेसाहारा मन – कविता

बेसाहारा मन – कविता

खै हेरन त्यहाँ अलि पर सपनाहरूको सन्सारमा
देखेउ नि सबै कुराहरू लथालिङ्ग अनि बेसाहारा छन अबोध ,अनाथ भइ रोइरहेको देख्छौ
सपनाको हत्यारा त म नै हो जस्लाई न मैले फुल्ने मौका दिए न फक्रीन मद्दत गरि सुगन्धित छर्न नै ! न कसैले तिमी सक्छौ गर भनेर साथ नै दिए अब भन दोष कस्लाई दिउ अनि दोषी को ?

अहिले त भिडभाड मात्र बढेको देख्छु यहाँ कसैले भन म तिम्रो कसरी सहयोग गर्न सक्छु कस्तो छ भनेर सोध्ने फुर्सद नभएको हो या स्वार्थी मन बुझ्नै पो गार्‍हो पर्यो त
आफ्नैले फाइदा हेरिरहेको र बिना स्वार्थ साथ दिनु पाउनु भनेको भगवान भेटिनु ;आँखा नभएकोले आफ्नै आँखाले यो दुनियाँ हेर्नू जस्तै भैसकेछ नि !

तिमी नै भनन ? निस्वार्थ सम्बन्ध कसरी कहाँ बनिन्छ अनि छ भनेर, हरेकमा मिलावट हरकोहि स्वार्थी अनि झुट्को मीठो मुस्कान बोली,धारिलो छुरा बोकेर हिडेको मात्र देख्छु त म ?

के म गलत छु हो ? यहाँ मैले भने जस्तै सबै मानिसहरु स्वार्थ ,झुट छलकपट निर्दयी छैन र ?
पैसाको लागि आफ्नै मुटुको टुक्रा भनिएकोलाई पनि बेच्न पछि नपर्ने यो शताब्दीलाई भन म के नाम दिउ कलि या छलि कि आफ्नो क्षणिक सुख सुबिधाको लागि प्यारो मान्छेकै बलि ।

घरको उचाइ बढ्यो साइच पनि बढ्यो तर अहँ मान्छे भित्र रहेको दुर्गन्धित कालो फोहोर व्यबहार स्वार्थलाई त्यागी असल सोच बिचारलाई उच्च किन पार्न सकेन ,किन ढलेकोलाई उठाउनु भन्दा अझ गिराउन तर्फ लाग्यो आफु मात्र सहि सत्य छु भन्ने भ्रममा कहिले सम्म बाधिने हो अझै ?

यति भन्देउ कि असल अनि सच्चा मान्छे कस्ता हुन्छन कता छन केलाई भनिन्छ भनेर ?
म त यसै बेसाहारा मन बेरोजगारी जिवनलाई लिएर अघि बढी रहेकी संघर्षरत मान्छे परे न मलाई दुनियाँदारी था छ न आउँछ न अरुलाई जति कै जस्तै छल कुराहरु नै ?

वास्तवमा अनुभवी हुनलाई कति सम्म दुख ,पिडा ,धोका,असफलता भोग्नुपर्ने हो ?
बेआकार,बेरङ्ग जिन्दगीलाई सफल अनि रङ्गिन बनाउनलाई हे भगवान तिमी नै भनिदेउ केके कुन कुन कुरा अनि कस्ता कस्ता व्यक्ति अनि व्यबहारलाई रोक्नुपर्ने हो ?

रोशनी रजन मगर रामेछाप लिखुतामाकोशी गाउँपालिका -६ रामेछाप । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार