रामेछापको कल्लेरीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु ९ जना घाइते

रामेछापको कल्लेरीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु ९ जना घाइते

रामेछापको मन्थली नगरपालिका–७ कल्लेरीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनमा परी मन्थली नगरपालिका–७ की अन्दाजी वर्ष ५५ कि माया बि.क.को मृत्यु भएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

मङ्लवार (आज) साँझ भएको दुर्घटनामा घाइते भएकालाई उद्दार गरी उपचारका लागि सदरमुकामस्थित मन्थली अस्पताल ल्याइएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । घाइतेहरुको नाम,ठेगाना खुल्न बाँकी रहेको रामेछाप प्रहरीले जानकारी दिएको छ । मन्थलीबाट पिङ्खुरीतर्फ जाँदै गरेको प्रदेश ३–०१, ०२३ च ३९०९ नम्बरको बेलेरो दुर्घटनामा परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार