रामेछाप सुकाजोरका कुमार आले मगरको उपचारको लागी सहयोगको अपिल

रामेछाप सुकाजोरका कुमार आले मगरको उपचारको लागी सहयोगको अपिल

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका कुमार आले मगर उपचार खर्चको अभावमा अस्पतालको वेडमा छट्पटाइ रहेका छन । आर्थिक अवस्था निकै कमजोर रहेको आले मगरको परिवारले उपचारको लागी सहयोग गर्न अपिल गरेका छन ।

कामको शिलशिलामा पोखरामा बसोबास गर्दै आएका आले मगर पानी ट्यांकी सफा गर्ने क्रममा चिप्लिएर घरको छतबाट खस्दा उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँको शरीरको विभिन्न अंगहरुमा चोट लागेको कारण गण्डकी मेडिकल कलेजमा १७ दिन भेण्टिलेटरमा उपचार पश्चात थप उपचारको लागी स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

आले मगरको उपचारमा अहिलेसम्म १३ लाख भन्दा बढी रकम खर्च भइसकेको उहाँको भाउजू भवानी आले मगरले बताउनुभयो । आफन्त तथा छिमेकीहरुले आफुले सकेको सहयोग उपलब्ध गराएको उहाँले बताउनुभयो । आफुले सकेको सहयोग गरेर कुमार आले मगरको ज्यान बचाइदिन उहाँले आग्रह गर्नुभयो । सहयोगी मनहरुले राट्रिय वाणिज्य बैँक पोखरामा रहेको मिना फगामी आले मगरको खाता नं ३०२०१०००२७१५९०१० मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार