कविता खत्री
हिजोआज को ठुलो
हिजोआज को ठुलो
इमानदार भन्दा बेइमानी ठूलो
जनता भन्दा नेता ठुलो
सत्ता भन्दा भत्ता ठुलो
शासन भन्दा भाषण ठुलो
विकास र निकास भन्दा नारा ठुलो
हिजोआज को ठुलो ।
राहत र आहत भन्दा आश्वासन र निष्कासन ठुलो
रासन भन्दा कमिसन ठुलो
घारि , भारि र जिम्मेवारी भन्दा गाँस ठुलो
चामल र भुसभन्दा घुस ठुलो
मेला भन्दा भेला र माग ठूलो
व्यापार भन्दा भाउ ठूलो
काम , कर्तव्य र कर्म भन्दा तर्क ठूलो
कमाई भन्दा रमाई अनि खर्च ठुलो
हिजोआज को ठुलो ।
लठ्ठी भन्दा भट्टी ठूलो
गुरु र शिक्षा भन्दा चेला ठुलो
माउ भन्दा चल्ला ठुलो
निर्माण भन्दा नास ठूलो
शान्ति भन्दा हल्ला र जमात ठुलो
गराइ भन्दा कराइ ठूलो
पढाइ भन्दा थर्काइ ठूलो
हिजोआज को ठूलो ।
पद भन्दा पावर ठूलो
उद्दार भन्दा बलात्कार ठूलो
भण्डाफोर भन्दा चमत्कार ठूलो
सदाचार भन्दा भ्रष्टाचार ठूलो
सञ्चार र सुचना भन्दा आलोचना ठूलो
पारदर्शिता भन्दा गोपनियता ठूलो
बुद्धिमानलाई तास ठूलो
नेपाली जनतालाई आस ठूलो ,
हिजोआज को ठूलो