पत्रकार वि.क.माथि भएको अभद्र व्यवहारको घटनाबारे प्रशासनमा छलफल, संघले माग्यो माफी

पत्रकार वि.क.माथि भएको अभद्र व्यवहारको घटनाबारे प्रशासनमा छलफल, संघले माग्यो माफी

आफ्नो आयोजनामा भएको ‘वृहत् रामेछाप महोत्सव २०८०’ मा राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा रामेछापका अध्यक्षमाथि भएको अभद्र व्यवहारको घटनाप्रति रामेछाप उद्योग वाणिज्य संघले क्षमा याचना गरेको छ ।

रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा गत पुस २६ गतेदेखि सुरु भएको ‘वृहत् रामेछाप महोत्सव २०८०’ सञ्चालन सत्रकै क्रममा महोत्सवमा फोटो तथा भिडियो खिच्न मञ्चमा पुगेका राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा रामेछापका अध्यक्ष लेख बहादुर वि.क.माथि गत माघ ३ गते एक स्वयंमसेवकले अभद्र व्यवहार गरेका थिए ।

त्यस लगत्तै गत माघ ६ गते राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा रामेछापको तर्फबाट आयोजकको ध्यानकर्षणसहित प्रेस विज्ञप्ति जारी भएको थियो । तर आयोजकले घटनाबारे कुनै चासो नदेखाएपछि अध्यक्ष वि.क.ले यही माघ १६ गते जिल्ला प्रशासन कार्यालय रामेछाप पुगेर सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालासमक्ष रामेछाप उद्योग वाणिज्य संघको विरुद्धमा उजुरी दिएका थिए ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय रामेछापले दुवै पक्षलाई बोलाएर बिहिबार(आज) छलफल गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाको संयोजनमा भएको छलफलमा सहभागी रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीहरुले संघको तर्फबाट भूलवश हुन गएको त्रुटिप्रति क्षमायाचना गर्दै माफी मागेका हुन् । संघको तर्फबाट गल्तीको महशुस गर्नेसम्मको काम भएपछि अध्यक्ष वि.क.ले पनि आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउन सुझाउँदै मिल्ने कुरामा सहमति जनाएका थिए ।

छलफलमा जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल, उद्योेग वाणिज्य संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष आकाश रिजाल, महासचिव कुमार श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपाल जिल्ला जिल्ला कमिटी रामेछापका इञ्चार्ज युनिक विफा घिसिङ र राष्ट्रिय दलित पत्रकार संघ जिल्ल शाखा रामेछापका उपाध्यक्ष नवराज विश्वकर्मा र जातीय उत्पीडित मुक्ति समाजका प्रतिनिधि निलहरी रम्तेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार