आइक्यानद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख बढी सहयोग

आइक्यानद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख बढी सहयोग

नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाले प्रधानमन्त्री राहत कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग हस्तान्तरण गरेको छ । जाजरकोट र रुकुमका भुकम्प पिडितको पिडामा केही मलहम लगाउन सकियोस भने संस्थागत रुपमा उक्त सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष सुजन कुमार काफ्ले जानकारी दिए ।

प्रधान्मन्त्री राहत कोषमा संस्थागत रकम सहयोग गर्ने संस्थागत निर्णय सहित रकम हस्तान्तरण गरिएको काफ्लेले बताए । निर्णय अलि अघिनै गरिएको भएता पनि हस्तान्तरण केही ढिला भएको उनले बताए ।

भुकम्पपिडित जो राज्यको उपस्थितको आशमा छन उनीहरुलाई केहि सहयोग पुगोस भनेर रकम हस्तान्तरण गरिएको नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था(आइक्यान)ले जनाएको छ ।

उक्त रकमको चेक प्रधानमन्त्री पुष्प कमल दाहाललाई संस्थाका अध्यक्ष सुजन कुमार काफ्लेले हस्तान्तरण गरेका हुन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार