रामेछापको मच्छेडाँडीमा ट्याक्सी र मोटरसाईकल ठोक्किदा ३ जना घाईते

रामेछापको मच्छेडाँडीमा ट्याक्सी र मोटरसाईकल ठोक्किदा ३ जना घाईते

रामेछापको मच्छेडाँडीमा ट्याक्सी र मोटरसाईकल ठोक्किदा ३ जना घाईते भएका छन । सोमबार जिल्लाको मन्थली नगरपालिका १ मच्छेडाँडी स्थित मन्थली,भैसेश्वर,सालु सडकखण्डमा भैसेश्वर तर्फबाट रामेछापडाँडा तर्फ आउँदै गरेको ट्याक्सी र मोटरसाईकल ठोक्किएको हो । बा २ ज १८५१ नं.को ट्याक्सी र बिपरित दिशाबाट जाँदै गरेको बा.प्र.२-०१९ प ९५५७ नं.को मोटरसाईकल एक-आपसमा ठोक्किएर दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा मोटरसाईकल चालक रामेछाप नगरपालिका ८ बस्ने अन्दाजी बर्ष ३८ का बाबुराम कटुवाल घाईते हुनुभएको छ । उहाँको दाहिने घुँडामुनी फ्याक्चर भएको र मन्थली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचरको लागि ट्रमा सेन्टर काठ्माण्डौ रेफर गरेको प्रहरीले जानकारी दिएको छ । उहाँको अवस्था मध्यम रहेको बताइएको छ । सोही मोटरसाईकलको पछाडी सवार रामेछाप नगरपालिका ८ कै अन्दाजी वर्ष ६५ का शंकर कटुवाल घाईते हुनुभएको छ । उहाँको पनि दाहिने घुँडामुनी फ्याक्चर भएको र मन्थली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी ट्रमा सेन्टर काठ्माण्डौ रेफर गरेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी मोटरसाईकलको पछाडी सवार रामेछाप नगरपालिका ८ कै अन्दाजी वर्ष ११ की आरध्या कटुवालको हात र खुट्टामा सामान्य चोट लागेको र उहाँको मन्थली अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ । दुबै सवारी र ट्याक्सी चालक काभ्रेको चौरीदेउराली गाउँपालिका ५ का अन्दाजी ४० वषको कृष्ण प्रसाद ढुङ्गाना लाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको रामेछाप प्रहरीले जनकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार