नेपाल शिक्षक संघ रामेछाप नगर कार्यसमितिको छैँठौँ स्थानीय प्रतिनिधि सभा कार्यक्रम सम्पन्न

नेपाल शिक्षक संघ रामेछाप नगर कार्यसमितिको छैँठौँ स्थानीय प्रतिनिधि सभा कार्यक्रम सम्पन्न

नेपाल शिक्षक संघ रामेछाप नगर कार्यसमितिको छैँठौँ स्थानीय प्रतिनिधि सभा कार्यक्रम आज सम्पन्न भएको छ । संघका रामेछाप नगर अध्यक्ष निम बहादुर श्रेष्ठको अध्यक्षता र रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले शिक्षकहरुलाई जिम्मावार भएर काममा लाग्न निर्देशन दिनुभयो । उहाँले नगरपालिकाले शिक्षा क्षेत्र सुधारको लागी धेरै कामको सुरुवात गरेको भएपनि कतिपय आधारभूत विद्यालयमा विद्यार्थी संख्या निकै न्यून रहेको बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रबक्ता समिर कार्कीले शिक्षकको भूमिका हरेक क्षेत्रमा महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल शिक्षक संघले शिक्षा क्षेत्र सुधारको लागी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ ।

संघका रामेछाप नगरका सचिव खिल बहादुर कार्कीले हालसम्म गरेका कामहरु र भावी कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभयो । नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष मोति तमाङ्ग र जिल्ला सचिव मेघ प्रसाद भट्टराईले नेपाल शिक्षक संघ पेशागत हकहितका लागी मजबुद रहेको बताउनुभयो ।

संघको आफनै भवन र सहकारी समेत रहेको उहाँहरुले बताउनुभयो । संघको जिल्ला कार्यसमितिमा १ हजार २५ र नगर कार्यसमितिमा २ सयभन्दा बढी शिक्षक सदस्यहरु आबद्ध रहेका छन । छैँठौँ स्थानीय प्रतिनिधि सभा कार्यक्रमको अवसरमा ३ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा मान बहादुर मोक्तान,गुणराज पोखरेल र काले माझि रहेका छन । हरेक वर्ष नियमित रुपमा हुँदै आएको प्रतिनिधि सभा कार्यक्रममा संघमा आबद्ध शिक्षकहरुको समस्या र गुनासोहरु सुन्ने,ति गुनासोहरुको सम्बोधन खोज्ने जस्ता विविध विषयमा छलफल हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार