मास्क नलगाई हिड्ने धादिङका ३४ नागरिक कारबाहीमा

मास्क नलगाई हिड्ने धादिङका ३४ नागरिक कारबाहीमा

धादिङ,२७ असार ।
धादिङमा मास्क नलगाई घरबाहिर निस्कनेहरुलाई प्रहरीले कारवाही गर्न सुरु गरेको छ । आज शनिबार मास्क नलगाई हिड्ने धादिङबेसीका ३२ र राजमार्गमा २ जनागरी ३४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

शनिबारमात्रै ३३ जनालाई कारवाही गरेको थियो । पक्राउ परेकाहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार जनही एक सयका दरले जरिवाना गरी सम्झाई बुझाई गरेर छाडीएको उहाँले बताउनुभयो। भोलिदेखी गाउँबाट आएका,थाहा नपाएका सर्वसाधारणलाई भने मास्क वितरण गरिने र रसिद नकाटिने खड्काले बताउनुभयो । बजारक्षेत्रकै नागरिकहरुलाई भने कारबाही गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार