गायक कटुवालको काठे लोक भाकाः ‘बाटो छ भिरालो’ सार्वजनिक(भिडियो)सहित

गायक कटुवालको काठे लोक भाकाः ‘बाटो छ भिरालो’ सार्वजनिक(भिडियो)सहित

दोलखाको मेलुङबाट नेपाली साङ्गितिक क्षेत्रमा उदाएका गायक तथा सर्जक असिम कुमार कटुवालको ‘बाटो छ भिरालो’ बोलको काठे लोक भाका सार्वजनिक भएको छ । गायक कटुवालको ‘बाटो छ भिरालो’ बोलको गीत सार्वजनिक भएको हो । नेपाली लोक, संगीत आफैँमा विधा हो ।

लोक गीत विधा अन्तर्गत राजधानी काठमाडौँ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र अन्य आसपासका जिल्लामा गाइने ठाडो भाकालाई काठे भाका भनिन्छ । हो; यिनै काठे भाकाको साथमा अहिले दोलखाली गायक तथा सर्जक कटुवाल ‘बाटो छ भिरालो’ गीतको साथमा पुनः सांगितिक बजारमा छाएका छन् ।

गायक तथा सर्जक कटुवालको शब्द सिर्जना रहेको यस गीतमा असिम कुमार कटुवाल र कल्पना पराजुलीको आवाज रहेको छ भने विष्णु तामाङको संगीत रहेको छ । ‘बाटो छ भिरालो, पियारा नलाऊ माया यतिकै ठिकै छ, लाय झन पिरालो,’ गीतको भिडियो यस गीतमा प्रेम र सम्बन्धका कुरा उठाइएको छ ।

माया, प्रेम र सम्बन्धले जीवनमा पार्ने प्रभाव र त्यसले सिर्जना गर्ने सहज, असहज परिस्थित लगायतका विषय समावेश छ । गीतमा प्रेमलाई भिरालो बाटोको यात्रासँग तुलना गरिएको छ । गीतमा एक अर्काप्रतिको आकर्षण र प्रशंसाको कुरालाई सरल, सबोध शैलीमा व्यक्त गरिएको छ । वि.सं. २०६६ असोजबाट ‘आउलान् पाहुना दशैँमा घरभरी’ बोलको दशैँ गीतबाट सांगीतिक यात्रा तय गरेका कटुवालले अहिलेसम्म १०० भन्दा बढी गीत गरिसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार