‘भ्रष्टचार गरेको प्रमाण देखाउनुहोस फाँसिमा चढ्न तयार छु’ : अध्यक्ष सिलवाल

‘भ्रष्टचार गरेको प्रमाण देखाउनुहोस फाँसिमा चढ्न तयार छु’ : अध्यक्ष सिलवाल

धादिङ,२७ असार ।
सिद्धलेक जनताको शिर झुकाउने, मतको अममान गर्ने पालिकालाई घाटा लाग्ने काम कहिल्यै नगर्ने गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भएको छ ।

उहाँले भन्नुभयो,‘भ्रष्टचार गरेको प्रमाण देखाउनुहोस फाँसिमा चढ्न तयार छु ।राम्रोलाई काम गर्न नदिने षडयन्त्र भएको छ।  विधि र प्रक्रियामा गरेका कामहरुलाई नियोजित रुपमा बद्नाम गर्न खोजिएको हो।’ सिद्धलेक गाउँपालिकाको विकास हेर्नुहोस,अन्य स्थानीय तहभन्दा विकास कम भएको देखाउनुहोस राजनीति छोडेर हिड्छु ।

यस्तै गाउँपालिकाको समग्र विकास,भावी योजना,कोरोना बिरुद्ध गाउँपालिकाले गरेको गतिबिधिका बिषयमा पत्रकार रामकुमार थापाले सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालसँग गर्नुभएको अन्तरवार्ताको सम्पादित अंश :

१.सिद्धलेक गाउँपालिका अब कोरोना मुक्त गाउँपालिका भन्न मिल्ने भयो होईन त ?

तेस्रो मुलुक बाट आएका मानिसहरु होम क्वारेन्टाइनमा हुनुहुन्छ । उहाँहरुलाई आरडिटी टेष्ट नगरुन्जेल सम्म अहिले कोरोना मुक्त भएको छ । १२/१४ जना अहिले विभिन्न वडाहरुमा बसिरहनु भएको छ। उहाँहरुलाई ल्याएपछि फेरि आरडिटी टेष्ट गरेर पोजेटिभ देखियो भने हामीले आईशोलेसनमा राख्छौं नेगेटिभ देखियो भने घर पठाईदिने छौं । 

२.गाउँपालिकाको विषयमा पछिल्लो समय संञ्चार माध्यममा आएका कुराहरुप्रति सिद्धलेकका नागरिकहरुको चासो छ र चिन्ता छ ।बास्तविक के भएको हो ? 

वास्तवमा सिद्धलेक गाउँपालिकाले एउटा विधि प्रक्रिया निति र नियममा जान्छौं । सर्वप्रथम त केहि संचार माध्यमले उहाँहरुले बुझेर अथवा नबुझेर झण्डै तीन करोड रुपैँया गोलमाल भनेर त्यो तीन करोडको विषयमा हाम्रा एक जना ठेकदार बालकृष्ण श्रेष्ठले नीति, विधि प्रक्रियामा ठेक्का हाल्नु भएको छ । पहिलो किस्ता १ करोड ३० लाख बुझाउनु भएको छ ।

दोस्रो किस्ता बुझाउनु पर्ने बाँकी रहेको छ ।पुष मसान्त भित्रमा बुझाउनुपर्ने हुनाले उहाँले जुन आफ्नोे कमिन्टमेन्ट पुरा गर्नु भएको छैन । किन भन्दा उहाँले बालुवा संचालन गर्ने कुराहरुमा बाधा अड्चनहरु पनि पर्यो होला त्यसले गर्दा सबै पुरा गर्नुभएको छैन । यदि नगर्दा पनि उहाँको धरौटी पनि छ। गाउँपालिकाले मुद्धा हाले पनि गाउँपालिकाले जित्छ ।

उहाँले पैसा जम्मा गर्छु १ करोड भन्दै हुनुहुन्थ्यो । बाँकी रह्यो  भ्याट सहित १ करोड ४० लाखमा उहाँले के दावी गर्नुभएको छ भने मैले जुनसुकै किसिमको खानी चलाउन नपाएपनि मलाई घाटा लागेको मिनाहा दिनुपर्यो लकडाउन  अवधिभरको भनेर गाउँपालिकामा निवेदन दिनुभएको छ ।  दिएपछि त्यसमा हाम्रो निर्णयहरु बाँकी नै रहेको छ ।

गाउँपालिकाको परिषद बाट बकाईता रुपमा निर्णय गर्नुपर्ने हुन्छ । उहाँ सित हाम्रो कुनै साँठगाँठ पनि छैन । उहाँले यदि पुष्टि गरिएको खण्डमा म एक मिनेट पनि कुर्सिमा बस्ने छैन । अर्को कुरा पारिवारिक रुपले जागिर खुवायो भनेको छ । एकजना रामचन्द्र अधिकारी उहाँ विएल पास गरेको मान्छे उहाँ उपाध्यक्षको श्रीमान् पर्नुभयो होला । उहाँलाई ल्याएर कानुनी सहजकर्तामा नियुक्ति गरिएको छ । प्रदेशले नियुक्ति गरेको बकाईता छ ।

पालिकाले होईन । पुरै प्रक्रिया पुराएर अन्तरवार्ता दिएर समन्वय समितिबाट नाम निकालेर बस्नु भएको छ उहाँको नाम जोडिएको छ । अर्को कुरा टंक तिमल्सिना मलाई त एउटा सल्लाहाकार चाहिन्छ । अनुभव पनि भएको नाताले मेरो सम्धी परे पनि जो मान्छे सँग अनुभव छ उहाँले सल्लाह सुझाव दिए गाउँपालिका राम्रो गतिमा जान्छ भन्ने विचारले उहाँ जानुभएको छ ।

 अर्को कुरा ज्वाँईलाई लगेको भन्ने कुरा आएको छ । मेरो ज्वाँई हो बलराम अधिकारी तर उहाँ मिन्दुका मा.वि. को स्थायी शिक्षक हो । जब स्रोत व्यक्तिहरु हटिसकेपछि उहाँलाई काम गर्नको लागि लगिएको हो । तलब खाने मिन्दुका मा.वि.बाट सबै स्थायी मिन्दुका मा.विकै त्यहाँ कुनै साँझेदार भएको अवस्था छैन । अर्को कुरा मैले कुनै पनि जनप्रतिनिधीहरुलाई सेतो प्लेटको मोटरसाईकल छैन भन्दा सेतो प्लेटको मोटरसाईकल चढेको छ भनिएको छ । 

हाम्रो उपाध्यक्षलाई आदमटार बाट आउनुपर्ने हुनाले एउटा स्कुटरको व्यवस्थापन गरिदिएको छ । यदि चाहेको भए गाडीनै चढेको भए भईहाल्थ्योनि पैसा थिदै थियो । मैले एक वर्षपछि एउटा गाडी किनेको छु तर अन्य गाउँपालिकाका अध्यक्षहरुले महङगो गाडी चढेर हिड्नु हुन्छ तर मैले त्यस्तो कहिल्यै सोचिन ।  

तर यस्ता कुराहरुमा मलाई कुनै दुख मनाउ छैन आउछन् जान्छन् । मिडिया भनेको त अहिले सोच बुझ गरेर राखिदिनुपर्छ । जनतामा सम्प्रेषण गर्ने काम तपाईहरुको हो तपाईहरुले विवेक प्रयोग गर्नु भएन भने त काम गर्नेहरु निरुत्साहित हुने हो भने यो देश कसरी अगाडी बढ्छ । यदि फेसबुकमा लेख्नेहरुले अख्तियारमा गएर मुद्धा हाले हुन्छ म हत्कडी लगाएर जान तयार छु ।प्रमाण फेला पारेर हाल्नुस् । म आफै गएको छु कुम्पुर भन्ज्याङमा औषधि बुझाउन ।

भरपाई गरेर गाउँपालिकाले दिएको छ । अनि औषधि बुझाई सकेपछि त्यो औषधि लुकाएर यति औषधि छैन भनेर एक जना दुर्गा नेपालीलाई सहि गराईएको छ । जम्मा १२ वटा स्वास्थ्य चौकी बाट कतै कुरा आएको छैन त्यो कुम्पुर बाट कुरा आएको छ । एकजनालाई पदस्थापना गरेको निहुमा त्यहाँ अतिरन्जित बनाएर ल्याईएको छ । 

३.सिद्धलेक गाउँपालिकामा विकासले गति लिएको छ । किन यस्ता घट्नाहरु बाहिर आईरहेका छन्। तपाईलाई के लाग्छ ? 

यो नियोजित हो । एकदमै नियोजित भएर आएको छ । तलदेखि माथि सम्म मेरो भाग आउदैन कि अब यसले सिध्याउछ कि भन्ने कसैलाई लागेको छ । त्यो भ्रमित गराउने समाचार राखिएको छ । सिद्धलेक गाउँपालिकामा मेरो कर्मचारी साथीहरु प्रति कतै गोलमोल भएको रहेछ भने म कारवाहीको भागि हुनुपर्छ ।

म हो त्यहाँ नेतृत्व गर्ने, म जो व्यक्ति सँग अनियमितताको संकेत पाउछु त्यसलाई सजाए दिनेछु । लेखा अधिकृतलाई मैले निकालि दिएको हो । उही आफै लेखा अधिकृत छ,उही आफैले चेक काट्छ अनि त्यहि लेखा अधिकृतले त्यसरी मिडियामा जे मन लाग्छ त्यहि बोल्न पाईन्छ ।

बैंकमा गएको छ म एकाउन्टेन सार्दिन्छु भनेर धम्काएर पैसा लिएको छ , सामान किनेको ठाउँमा पैसा लिएको छ, उपभोक्ता समितिको काम रोकिदिएको छ, ठेकेदार,व्यवसायिसँग पैसा माग्छ त्यस्ता व्यक्तिलाई पालिकामा राख्न ठिक हुन्न भनेर नै निकालि दिएको हो । 

४.यतिबेला सिद्धलेक गाउँपालिका वासिहरुलाई के भन्नुहुन्छ?

हाम्रो सिद्धलेक वासिका दाजुभाई दिदिबहिनीहरु र देश विदेशमा रहनु भएकाहरुलाई म के भन्न चाहन्छु भने हाम्रो गाउँपालिकामा एक पैसा मात्रै तलमाथि भएको प्रमाण फेला पारे म राजिनामा मात्रै होईन फाँसिमा चढ्न तयार छु । किनकि म विकल्प नभएर राजनितिमा लागेको मान्छे होईन । मैले जनताले दुख पाए भनेर काम गरिरहेको छु ।  यदि पैसा नै कमाउने नियतमा हो भने ३०÷४० लाख कमाउन सक्ने ठाउँ छ पालिकामा तर मेरो मनमा त्यस्तो छैन ।

अहिले मिडियामा विभिन्न किसिमको आरोप आउन थालेपछि मेरै परिवारबाट राजिनामा दिनु भन्ने कुरा आउन थालेको छ । वडा अध्यक्षहरुलाई सेतो प्लेटको मोटरसाईकल दिएको छैन । तर जनतालाई एउटा भ्रम दिलाएको छ । मलाई केहि फरक पर्दैन । के भन्छु भने मिडियामा भ्रम नफैल्याउनुस् सक्नुहुन्छ भने सम्बन्धीत निकायमा जानुस् । मैले खण्डन गरेर हालेको छु दियो पोष्टलाई तर खण्डन भएन, नभएपछि म कानुनको उपचारमा जानेछु । आउनुस् हेर्नुस् के–कस्तो काम भईरहेको छ ।

सिद्धलेक गाउँपालिकामा यदि मैले विद्यालयमा सहज कर्ताको रुपमा बलराम अधिकारीलाई लगेको थिईन भने सिद्धलेक गाउँपालिकाको बिधालय र शैक्षिक अवस्था अस्त व्यस्त हुने अवस्था आउथ्यो । ठुलोबढा मान्छेहरुको किन लेखिदैन । मान्छे खाई नखाई जनतालाई सुविधा दिन्छु भनेर लागि परिरहेको छु उता काठमाण्डौंमा बसेर अरुले भनेको भरमा समाचार लेख्न मिल्छ यसरी ? 

५.आगामी आर्थिक वर्ष २०७७/०७८ मा कस्ता–कस्ता कार्यक्रमहरु राख्नु भएको छ ?

हाम्रो १० गते निति तथा कार्यक्रम प्रसारण भयो त्यसपछि धेरै कुराहरु राखेका छौं । त्यो पुरा गर्ने कुराहरुमा हामी अगाडी बढ्छौं । हामीले यो वर्षको बजेट पुरै खर्च गर्न पाछौं । आगामी सालको बजेट निर्वाचनले आचार संहिताले के भन्छ त्यो कुरा हुन् । यसपालि हामीले कृषिमा महत्व दिएका छौं ।

अहिले विदेश बाट हाम्रो धेरै दाजुभाईहरु आउनु भएको छ। बाँझो जग्गालाई उर्वराभुमि बनाउनु पर्यो,उहाँहरुले व्यवसायिक रुपले के काम गर्नुहुन्छ र वस्ती बसाल्ने कुरामा एकिकृत रुपले बस्ती बसाल्ने तरिकाले कसरी जाने र उहाँहरुले निर्वाहमुखी भन्दा पनि व्यवसायिक रुपलाई ध्यान दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । आएकाहरु अब विदेश नजाउन् यही व्यवसाय गरेर बस्न सकुन ।

हामीले कृषिमा १ करोड ५६ लाख ६ सय ६३ हजार ५ सय छुट्याएका छौँ । म हाम्रो गाउँपालिकावासिहरुलाई भन्छु तपाईहरु के काम गर्ने प्रपोजल सहित गाउँपालिकामा आउनु होला । त्यसै गरी पशु विस्तारको लागि १ करोड छुट्याएका छौँ । सिद्धलेक गाउँपालिकामा ४० हजार जति बाख्राहरु छ ।

यसपालिको दशैँमा १२ हजार खशि बोका बेच्ने लक्ष्य छ । त्यो हेफर ईन्टरनेशनलको मातहतमा प्रयास नेपालको साथीहरु खटिरहनु भएको छ । उहाँहरुलाई धन्यवाद दिन पनि चाहन्छु ।  पशुलाई व्यवस्थित रुपले अगाडी बढाउनको लागि हामीले १ करोड रुपिँया छुट्याएका छौँ । यहाँ औषधि देखि लिएर सबै कुरामा अगाडी बढाउने छौँ । त्यसैगरी सार्वजनिक सेवा तथा क्षमता विकासमा हामीले १३ लाख छुट्याएका छौँ । स्वास्थ्य तर्फ हामीले स्वास्थ्यमा पनि महत्व दिनुपर्छ भनेर ८० लाख ३८ हजार ५ सय छुट्याएका छौँ ।

कोभिडको लागी लगभग हाम्रो ८/९ लाख खर्च भएको थियो ।कोरोना कोषमा हामिले पैसा राखेको छौँ । केहि महामारी आउन साथ त्यही कोषबाट खर्च गर्ने छौँ ।अहिले विदेश बाट आएकालाई आरडिटी टेष्ट गर्ने, त्यहाँ आईसोलेशन राख्ने कामहरु,तीन जना कोरोना निस्किएको थियो उहाँहरु स्वस्थ भएर फर्किसक्नु भएको छ । त्यसमा ९ लाख जति खर्च भयो होला । हामीले सांसद विकास कोषको पैसा खर्च गरेको अवस्था छैन । टेन्डर गरे पनि कालोपत्रे हुन सकेन त्यो पैसा कोभिड कोषमा जान्छ । 

त्यस्तै महिला बालबालिकालाई पनि हामीले सू–सुचित बनाउनु पर्छ महिलाहरु पिछडिनु भएको छ । समाजको लागि उहाँहरुलाई हरेक आयआर्जन कार्यक्रममा लैजानुपर्छ भनेर २७ लाख १५ हजार छुट्याएका छौँ । सामाजिक विकास वन, वातावरणको लागि ३२ लाख छुट्याएका छौँ ।

पूर्वाधार तथा वातावरण व्यवस्थापनमा ९ लाख छुट्याएका छौँ भने शिक्षा तर्फ १ करोड ८२ लाख ४३ हजार १ सय छुटएका छौँ । यो तरिकाले बजेटको व्यवस्थापन गरेका छौँ । आज र भोली बजेट भाषण गर्ने भनेर हामीले लेखेका थियौं । तर पनि हामीले विविध कारणले गर्दा सबै त्यो पैसाहरु अहिले ल्याउनु पर्ने भएकोले गर्न सकिरहेको अवस्था छैन ।अब हामीले ३० गते गर्ने छौँ ।  

६.आर्थिक बर्ष०७७/७८ कस्ता योजनाहरु सम्पन्न हुन्छन ? 

अब हामीले भौतिक निर्माण पट्टीे खर्च गर्नुपदैन । यसपालि कोभिड १९ ले प्रभाव बनाएर रकम कम आयो भने त्यसमा पनि हेर्न पर्ने अवस्था आउन सक्छ । रकम त छुट्याएर आईसकेको छ । त्यही पैसा पनि ब्लक भएर रोकिन सक्ने सम्भावना हुन्छ राज्यले चाहेको खण्डमा । जुन तोकेर आएको पैसा आयो भने हामी बाटोहरु पिच गर्ने तर्फ लाग्ने छौँ । खानेपानी सिद्धलेकमा अब यहि सालमा पुरा गर्छौ । 

७.अर्को निर्वाचन भन्दा अगाडी खानेपानीको काम र  सडकको काम पुरा हुन्छ सिद्धलेकमा ?

सबै ठाउँमा खानेपानीको पुरा हुन्छ । सडक अन्र्तगत तीन वटा सडक पुरै ग्रावेल गर्छौं भन्ने लक्ष्य छ । हामीले कालोपत्रे गर्छौ भन्ने कुरा गरेको तर कोभिड १९ ले गर्दा त्यो पुरा हुन सकेन । राज्यले म्याद थप्छ की भनेको तर थपेन । प्रदेशले त्यही पैसा सडकमा हालेको पैसा पुष मसान्तमा सम्झौता गर्न सक्ने भयो तर त्यो गाउँपालिकालाई दिइएन ।

गाउँपालिकालाई प्रगति गरे अनुसार दिनुपर्ने तर त्यो पैसा आएको छैन । मैले क्षेत्र नम्बर १ को माननियलाई फोन गरेर थप्ने कि नथप्ने निश्चित गर्नुस् भनेर भनेको थिए म बेलुका भन्छु भन्नु भएको छ यदि थपियो भने त्यो पैसा हामीले लगभग ४ करोड ६२ लाख रकमको काम गर्न नपाउने अवस्था भएको छ । 

८.तपाईले गर्नुभएको काम प्रति सन्तुष्ट हुनुहुन्छ नि ?

जनताहरुले के ठान्ने रहेछन् भने,रातारात परिवर्तन हुन्छ भन्ने सोच्ने रहेछन् । हामीले स्रोत र साधनले जति भेट्छ त्यत्ति नै त हो काम गर्ने । अहिले पनि हामीले अर्को आर्थिक वर्षमा १ करोड बढिको काम गरे छौँ । त्यो तरिकाले हामीले काम गरेका छौँ । 

९.सिद्धलेकमा १५ बेडको अस्पताल निर्माणको काम के भईरहेको छ ?

अहिले बार लगाउने काम र शिलान्यास गर्ने कामहरु गर्छौ । अहिले संघ बाट पैसा परेको छ । हामी यस पालिबाट जग हालेर अगाडी बढ्छौं र सिद्धलेक गाउँपालिकामा पन्ध्र शैयाको अस्पताल निर्माण गछौँ । यदि अर्को साल आचारसंहिता निर्वाचन कार्यालय बाट लागु भएन भने त्यो र सडकहरुलाई व्यवस्थापन गरेर अगाडी बढाउने छौँ ।  

१०. तपाईहरुले नमुना होमस्टे कार्यक्रम संचालन गर्ने भन्नु भएको छ, कुल स्थानबाट ६० प्रतिशत वा सो भन्दा बढि जनताको माग भई आएमा व्यवस्थित वस्ती विकास भन्ने कार्यक्रम रहेको छ, कोरोनाका कारण मृत्यु भएमा ५० हजार गाउँपालिकाले दिने र जेष्ठ नागरिक पालन पोषण तथा स्नेह कार्यक्रम सुरु गर्ने भन्नु भएको छ । यी काहरु सम्पन्न गर्न सकिएकाला अध्यक्ष ज्यू ?  

राज्यले वृद्धाभत्ता भनेर माशिक ३ हजार रुपँैया दिन्छन। त्यसको अलवा हामीले गाउँपालिकाले पनि केहि दिनुपर्छ भनेर त्यो कार्यक्रम राखेका छौँ । त्यसको लागि उहाँहरुलाई कसरी व्यवस्थापन गर्ने त यदि सक्ने भए वृद्धाआश्रम बनाउने थियौँ ।तर अहिले यो सकिने अवस्था छैन । अब निर्वाचित भएर आएकाहरुले यो काम गर्न सक्छन् ।

अर्को कुरा हाम्रो एकै ठाउँमा खुम्चिएका बस्तीहरु छन् तर सार्वजनिक जग्गाहरु छन् नेपाल सरकारले पनि निर्णय गरिसकेको अवस्था छ । हामीले त्यस्तो वस्तीहरुलाई पालिकाले व्यवस्थापन गरेर लगेर राखिदिने । हामीकहाँ धेरै टारहरु छन् त्यसलाई पनि नमासदिने । पात्लेमा पनि हाामीले एउटा होमस्टेको व्यवस्था गर्ने भनेका छौँ । सिद्धलेक डाँडाको मुहारनै फेरिएको छ । हामी सबै कुरालाई कसरी व्यवस्थापन गर्ने भनेर ठुलो छलफल चल्छ । हाम्रो सबै कर्मचारीहरु हरेक कुरामा एकजुट हुन्छौं । हामीले यसरी काम गरिरहर्दा  झन् अझै राम्रो गर्छौ भन्ने हौसला बढेको छ तर जनमानसमा केहि भ्रम फैलाएको छ ।  

११.प्रदेशको नमुना गाउँपालिका बनाउन सकिएला सिद्धलेक गाउँपालिकालाई ? 

नमुना बन्छ कि बन्दैन हामीलाई थाहा छैन । तर सिद्धलेक गाउँपालिकाले झै गरेर नगरपालिका र गाउँपालिकाहरुले काम गर्ने हो भने बागमती प्रदेश एक नम्बरमा पर्छ । नगरपालिकाको डम्पिङ साईट अझै पनि व्यवस्थापन हुन सकिरहेको छैन । मैले धेरै पहल गरिरहदा मेयरले राम्रो ठाउँमा लैजान्छौँ भन्नु हुन्छ तर अझै सम्म केहि पहल भएको छैन । सकेसम्म अरु प्रति आश्रीत हुनुहुदैन भन्ने हिसावले अगाडी बढ्छु । 

१२. अन्त्यमा रेडियो सुनेर बस्नुहुने सिद्धलेक गाउँपालिका वासिहरुलाई के भन्न चाहनुहुन्छ ? 

म के भन्न चाहन्छु भने गाउँपालिकाका जनताहरु लगाएत विदेशमा रहनु भएका दिदिबहिनी दाजुभाईलाई यो कोभिड १९ ले हाम्रो आर्थिक समस्या ल्याउछ । जति स्रोत र साधन छ त्यसलाई उपयोग गरेर हामी अगाडी बढ्छौं । तपाईहरु ढुक्क हुनुस् तपाईहरुले हिजो जुन किसिमको प्रतिबद्धता जाहेर गरेर सिन्दुर माला लगाईदिनु भएको थियो त्यसमा कुनै पनि शिर झुकाउने निहुराउने काम नगर्ने प्रतिबद्धता जाहेर गर्छु ।

त्यति मात्रै नभएर विकास निर्माणको काममा तपाईहरुले पनि निगरानी राख्नुहोस् । यस्तो किसिमको फेक लेखिएका समाचारहरु नबुझि लाईक शेयर नगर्नुहोला । यदि त्यस्तो केहि लागेमा मलाई फोन गर्नुहोला म तपाईहरुको समस्याको पहिचान गर्नेछु । तपाईहरुले हरेक ठाउँमा खबरदारी गर्नुहोस् ।

यदि मेरो कालमा पुरा नभएका कामहरु अर्को निर्वाचन बाट छानिएर आएकाहरुले पुरा गर्नेछन् । काम गर्ने क्रममा धेरै विरोधहरु आउछ त्यसलाई सामना गर्ने क्षमता हामीसँग छ । तपाईहरुले दिनुभएको क्षमतालाई कदर गर्दै समग्र सिद्धलेक गाउँपालिकाका जनताहरुलाई धन्यवाद दिन चाहान्छु नमस्कार । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार