नेपालमा कोरोना संक्रमितको संख्या आज ७० जना थपिए,जम्मा १६ हजार ७ सय १९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या आज ७० जना थपिए,जम्मा १६ हजार ७ सय १९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।  

हिजो शुक्रबार १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ४ सय ३१ जना डिस्चार्ज भएसँगै ८ हजार ४ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ८ हजार ६ सय ३ जनाको उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार