दसैँ अवधिमा रामेछापमा ६ सय ५० सवारी साधन कारबाहीमा

दसैँ अवधिमा रामेछापमा ६ सय ५० सवारी साधन कारबाहीमा

रामेछापमा दसैँको अवधिमा नियम विपरीत सञ्चालन भएका ६ सय ५० सवारी साधन कारबाहीमा परेका छन् । नियमविपरीत सञ्चालित सवारी साधनलाई नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो ।

ट्राफिक प्रहरीले कार्तिक १ गतेदेखि ११ गतेसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेर ६ लाख ५० हजार रुपैयाँ राजस्व समेत सङ्कलन गरेको छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, क्षमताभन्दा धेरै यात्रु बोक्ने, मोटरसाइकलमा दुई जनाभन्दा बढी चढ्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई कारबाही गरिएको हो ।  कारबाहीमा पर्नेमा सबैभन्दा बढी साना जीप र मोटरसाइकल रहेका छन् ।

चाडपर्वको समयमा यात्रुको चाप बढी हुने, झुण्डिएर यात्रा गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने काम भइरहेकाले त्यसलाई कडाइकासाथ जाँच गर्ने काम निरन्तर रहेको ट्राफिक प्रहरी प्रमुख चौलागाईँले बताउनुभयो । यस वर्ष दशैँमा कुनै पनि अप्रिय सडक दुर्घटना नभएको ट्राफिक प्रहरी प्रमुख चौलागाईले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार