रामेछाप नगरपालिका-८ मा भएको वक्तृत्वकला प्रतियोगितामा स्वनीका कार्की प्रथम

रामेछाप नगरपालिका-८ मा भएको वक्तृत्वकला प्रतियोगितामा स्वनीका कार्की प्रथम

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा शुक्रबार(आज)वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । दशैँ,तिहार तथा छठ पर्वको शुभकामना आदन प्रदान कार्यक्रम सहित वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको हो ।

बाल अधिकार हाम्रो सरोकार सम्बन्धि भएको उक्त वक्तृत्वकला प्रतियोगितामा वडा भित्रका विभिन्न बाल समुहका विद्याथी भाईबहिनीहरुले सहभागीता जनाएका थिए । १० जना सहभागी वक्तृत्वकला प्रतियोगितामा राधाकृष्ण बाल समुहकी स्वनीका कार्की प्रथम हुनुभएको छ ।

गौरीशंकर बाल समुहकी शुभ लक्ष्मी बस्नेत द्धितिय,तिल्केथान गढी बाल समुहकी एलिना शाही तृतीय र सिद्देश्वर बाल समुहकी रेजिना खत्री सान्त्वना हुनुभयो । प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुने विद्यार्थीलाई प्रमाण पत्रसँगै पुरस्कार पनि वितरण गरिएको थियो ।

रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले बालमैत्री नगरपालिका घोषणा गर्न विभिन्न कामहरु भैरहेको बताउनुभयो ।

हरेक वडाको टोल टोलमै बाल समुह गठन गरेर सहजकर्ताहरुले काम गरिरहेको उहाँको भनाई छ । वक्तृत्वकला प्रतियोगिताले सानै उमेरदेखी बालबालिकाहरुलाई बोल्ने तथा पढने बानिको विकास गर्नमा सहयोग गर्ने उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङले वडाले बालबालिकाहरुको क्षमता विकासका लागी विभिन्न कामहरु गर्दै आएको बताउनुभयो । आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुले निरन्तरता पाउने उहाँको भनाई छ ।

केबलेश्वर वडा बाल संजालको आयोजना तथा वडा कार्यालय र वडा बालमैत्री समिति तथा वडा बाल अधिकार समितिको सहजीकरणमा कार्यक्रम भएको हो ।

कार्यक्रममा वडाका सदस्यहरु,रामेछाप नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर कार्की,वडाका विभिन्न विद्यालयका शिक्षक,विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार