रामेछापको उमाकुण्ड गाउँपालिका एकीकृत घुम्ती शिविर लिएर गाउँ–गाउँमा

रामेछापको उमाकुण्ड गाउँपालिका एकीकृत घुम्ती शिविर लिएर गाउँ–गाउँमा

रामेछापको उमाकुण्ड गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत पालिकाबाट प्रवाह हुने सेवा सहित गाउँ–गाउँ पुगेको छ । गाउँपालिकाको केन्द्रबाट प्रवाह हुने विभिन्न सेवा र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा सहितको एकीकृत घुम्ती शिविर लिएर गाउँपालिका बिहीबार देखि गाउँ–गाउँमा पुगेको गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले जानकारी दिनुभयो ।

गाउँपालिकाबाट प्रवाह हुने नयाँ व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र जारी, व्यवसाय प्रमाणपत्र नवीकरण, सामान्य स्वास्थ्य परीक्षण, योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण, जेष्ठ नागरिक परिचय पत्र वितरण र जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नागरिकता वितरण र राष्ट्रिय परिचय परिचय पत्रको विवरण संकलन सहितको एकीकृत घुम्ती शिविर उमाकुण्डको वडा नं ७ भुजीबाट सुरु भएको हो ।

एकीकृत घुम्ती शिविरको दोश्रो दिन शुक्रबार आज वडा नं ६ गुप्तेश्वरमा १२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र,३६ जनाले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन । यसैगरी व्यवसाय दर्ता ४ जनाले,व्यवसाय नविकरण ८ जनाले,अपांगता परिचयपत्र क वर्गको १ जनाले, ख वर्गको ४ जनाले र घ वर्गको १ जनाले लिएका छन । जेष्ठ नागरिक परिचयपत्र १ जनाले लिँदा योजना सम्झौता ४ जनाले गरेका छन । यि सबै सेवा प्रवाहबाट २९ हजार १ सय ५० रुपैयाँ राजस्व संकलन भएको उमाकुण्ड गाउँपालिकाले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार