रामेछापका दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना

रामेछापका दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना

आउँदै गरेको दसैँतिहारलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जिल्लाको दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यात्रुको सहायताका लागि रामेछापको सेलेघाट र मन्थलीको देवकोटा चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

दसैँतिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायत विषयलाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख तथा प्रहरी सहायक निरीक्षक दिपक चौँलागाईले जानकारी दिनुभयो ।

बिहिबार(आज) स्थापना गरिएका उक्त यात्रु सहायता कक्ष छठ पर्वसम्म सञ्चालन गरिनेछ । सहायता कक्षमा यात्रुले आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता विषयमा जानकारी लिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार