खाँडादेवी मन्दिरको भेटी चोरी गरेको आरोपमा काभ्रेका युवक पक्राउ

खाँडादेवी मन्दिरको भेटी चोरी गरेको आरोपमा काभ्रेका युवक पक्राउ

रामेछापको खाँडादेवी मन्दिरको दान पेटिकमा राखिएको भेटी चोरी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन । रामेछापको ऐतिहासिक एवं धार्मिक स्थल खाडाँदेवी मन्दिरको ढोका फुटाएर मन्दिरभित्र राखीएको दुई वटा दान पेटिकामा रहेको भेटी चोरी गरेको आरोपमा काभ्रेपलाञ्चोकको खानिखोला गाउपालिका–७ घर भएका रविन खुलाललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका खुलालले बिहिबार (आज) बिहान करिब साँढे दुई बजेको समयमा मन्दिरको ढोका फुटाएर मन्दिर भित्र राखिएको दान पेटिकाको रकम चारी गरी फरार भएका थिए । फरार रहेका उनलाई खोजतलासको क्रममा प्रहरीले खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिक रहेको सुनकोसी नदिको झोलुङ्गे पुल नजिकैबाट पक्राउ गरेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार