रामेछापमा सवारी साधनको पार्टपुर्जा चोरी गरेको आरोपमा एक युवक पक्राउ

रामेछापमा सवारी साधनको पार्टपुर्जा चोरी गरेको आरोपमा एक युवक पक्राउ

रामेछापमा ट्रयाक्टरको पार्टपुर्जाहरु चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । ट्रयाक्टरको पार्टपुर्जाहरु चोरी गरेको आरोपमा मन्थली नगरपालिका–१ सापमारेका २० वर्षीय प्रदिप भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रदीप भुजेल र रमेश भुजेलले चोरी गरेको ट्रयाक्टरको पार्टपुर्जाहरु कवाडी पसलमा बेच्न लागेको अवस्थामा प्रदीपलार्ई प्रहरीले नियन्त्रणमा लिएको थियो भने रमेश फरार रहेका छन् । फरार रहेका उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रदिप र रमेश भुजेलले असोज १५ गते मन्थली बजारमा रहेको आर के वर्कसपबाट ट्रयाक्टरको विभिन्न पार्टपुर्जा चोरी गरेका थिए । जसमा उनीहरुले ट्रयाक्टरको हाईड्रोलिकमा प्रयोग हुने डिस्टीब्युटर २ थान, गियर सापट ५ दाँते ३ थान, काउन्टर गियर १ थान, गियर बक्स हन्डी ३ थान, फोरहुईल सपोट १ थान, फोरहुईल ढिका १ थान र पत्ता १ थान सहित ट्रयाक्टरका पार्ट पुर्जाहरु चोरी गरेका थिए ।

पक्राउ परेका प्रदिपलाई भने चोरी कसुरमा जिल्ला अदालत रामेछापबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार