रामेछापको खाँडादेवी थान्सिङ्गमा गाडी दुर्घटना

रामेछापको खाँडादेवी थान्सिङ्गमा गाडी दुर्घटना

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ७ थान्सिङ्गमा गाडी दुर्घटना भएको छ । सोमबार राति करिब ९/१० बजेको समयमा गाडी दुर्घटना भएको हो ।

विद्युतको पोल बोकेको निशान गाडी दुर्घटनामा परेको हो । बा ५ ख ७३०७ नम्बरको गाडी ओभरलोड भएर दुर्घटना भएको हुन सक्ने त्यहाँका स्थानिय खिरलाल तामाङ्गले जानकारी दिनुभयो ।

राति गाडी दुर्घटना भएको थाहा पाए लगत्तै घटना स्थल पुग्दा चालक,सहचालक कोही पनि नभएको तर गाडी मात्रै दुर्घटना भएको अवस्थामा फेला परेको तामाङ्गले बताउनुभयो । दुर्घटनामा कुनै मानविय क्षती भने नभएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार