सबैको मन जितेर बिदाई भए प्रमुख प्रशासकिय अधिकृत पौडेल

सबैको मन जितेर बिदाई भए प्रमुख प्रशासकिय अधिकृत पौडेल

रामेछापको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामेछाप नगरपालिकाबाट सरुवा हुनुभएको छ ।

२०७९ असोज १२ गते रामेछाप नगरपालिकामा आएर प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका निरज पौडेल धादिङको धुनिवेसी नगरपालिकामा सरुवा हुनुभएको हो ।

मंगलबार (आज) रामेछाप नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकिय अधिकृत पौडेललाई फेरि भेटौँला भन्दै विदाई गरेको हो । छोटो समय प्रमुख प्रशासकिय अधिकृत भएर रामेछाप नगरपालिकामा रहँदा नागरीकहरुको मन जितेर उहाँ विदाई हुनु भएको हो । अब रामेछाप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा मित्र प्रसाद घिमिरे आउनुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार