धादिङकी विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको परीक्षामा भईन प्रथम

धादिङकी विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको परीक्षामा भईन प्रथम

धादिङबेशी । नीलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीमा अध्ययनरत विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको परीक्षामा नेपाल प्रथम भएकी छन् ।शिक्षाशास्त्र संकाय अन्तरगत अङ्ग्रेजी विषय अध्ययनरत सिलवाल ४ सय २५ अङ्क तथा ७०।८३ प्रतिशत सहित नेपाल प्रथम भएकी हुन् ।
त्रिभुवन विश्व विद्यालयले गत भदौ महिनामा संचालन गरेको स्नातक तह प्रथम वर्षको शिक्षाशास्त्र सङ्कायको परीक्षामा सिलवाल प्रथम भएकी हुन् ।
सोही तहमा अध्ययनरत नीलकण्ठ बहूमुखी क्याम्पसकै हिरालक्ष्मी श्रेष्ठ कुल ४ सय ९ अङ्क तथा ६८।१६ प्रतिशत सहित तृतीय भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार