धादिबेशीमा पनि निस्कियो प्रधानमन्त्री ओलीको समर्थनमा शान्तिपुर्वक ¥याली

धादिबेशीमा पनि निस्कियो प्रधानमन्त्री ओलीको समर्थनमा शान्तिपुर्वक ¥याली

धादिङबेशी ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा धादिबेशीमा आज युवाहरुले शान्तिपुर्वक ¥याली निकालेका छन्। देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचा विपरित सरकार गिराउने खेल भएको भन्दै उनिहरुले प्रर्दशन गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीमा बिना एजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग उठाईरहेका बेला सडकमा युवाहरु समर्थन गर्दै प्रर्दशन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार