डिभिजन वन कार्यालय रामेछापद्धारा अस्पताल क्षेत्र सरसफाई

डिभिजन वन कार्यालय रामेछापद्धारा अस्पताल क्षेत्र सरसफाई

डिभिजन वन कार्यालय रामेछापले बुधबार (आज) एक सरसफाई कार्यक्रमको आयोजना गरेर जिल्ला अस्पताल रामेछाप आसपासका फोहरहरु हटाएको छ । “प्लाष्टिकबाट हुने वातावरण प्रदुषण नियन्त्रण गर्न प्लाष्टिक जन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरौँ” भन्ने नाराका साथ सरसफाई कार्यक्रम गरिएको हो ।

वातावरणीय प्रदूषण गर्ने मुख्य तत्वहरु मध्ये प्लाष्टिकजन्य बस्तु पनि एक हो, यसलाई नियन्त्रण गर्न तर्फ सबै सरोकारवाला निकाय तथा नागरिक समाज बीचको सहकार्य जरुरी रहेको डिभिजनल वन अधिकृत ओमसागर भण्डारीले बताउनुभयो । प्लाष्टिकजन्य बस्तुको बिस्थापित गर्दै नजाने हो भने प्रदूषण न्यूनिकरण नहुने उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न ठाउँहरुको बजार,नदी र आसपासको क्षेत्रमा प्लाष्टिक लगायतका फोहर सरसफाई तथा व्यवस्थापन गर्दै आएको छ ।

सोही कार्यक्रम अन्तर्गत जिल्ला अस्पताल परिषरको फोहर व्यवस्थापन गरिएको डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत देबेन्द्र यादवले बताउनुभयो । सरसफाई कार्यक्रममा जनप्रतिनिधी,नेपाली सेना,नेपाल प्रहरी,अस्पतालका कर्मचारी,पत्रकार र स्थानिय नागरीकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार