नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो, २ सय ९३ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो, २ सय ९३ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

हिजो शनिबार २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ सय ३२ जना डिस्चार्ज भएसँगै ६ हजार ५ सय ४७ जना संक्रमित निको भएर घर फर्किएका छन्  । नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार