रामेछापका जनप्रतिनिधिहरू समयमा बजेट ल्याउने तयारीमा तर छलफल भने प्रभावकारी भएन

रामेछापका जनप्रतिनिधिहरू समयमा बजेट ल्याउने तयारीमा तर छलफल भने प्रभावकारी भएन

रामेछापका जनप्रतिनिधिहरू समयमा बजेट ल्याउने तयारीमा रहे पनि छलफल राम्रोसँग हुन सकेको छैन ।

स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन र स्थानीय सरकार सञ्चालन ऐन अनुसार अघि बढ्दा हिजोआज पालिकाहरूलाई वडाको बजेट सीमा भित्रका र अन्य महत्वपूर्ण आयोजनालाई प्राथमिकता निर्धारण गर्न भ्याइनभ्याइ हुनुपर्ने भए पनि रामेछापका अधिकांस स्थानीय सरकार योजना सम्झौता, पेस्की र भुक्तानीमै व्यस्त बनिरहेका छन् ।

स्थानीय तहको कामकारबाहीमा संयोजनकारी भूमिका जिल्ला समन्वय समितिले निभाउने गरेको छ । समयमा बजेट ल्याउनका लागि प्रक्रिया पूरा गर्न पहल भइरहेको जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीले दाबी गर्नुभयो ।

हरेक स्थानीय सरकाले असार १० गते भित्र बजेट सभामा पेस गर्ने र १५ दिनभित्र छलफल गरी पास गर्ने वा चित्त नबुझे संशोधन गर्न कार्यपालिकामै फर्काउने प्रावधान छ । तर बजेट पेशअघिको वडास्तरको छलफल भने पालिकामा राम्रोसँग हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार