शारदा संस्कृत मावीमा सामुहिक व्रतबन्ध

शारदा संस्कृत मावीमा सामुहिक व्रतबन्ध

रामेछाप जिल्लाको एक मात्रै संस्कृत विद्यालय श्री शारदा संस्कृत माध्यमिक विद्यालयमा सामुहिक व्रतबन्ध गरिएको छ । सोमबार(आज) विद्यालय प्राङ्गणमा १७ जनाको सामुहिक व्रतबन्ध गरिएको हो ।

धर्म संस्कृति,परम्परा र रितिरिवाजको संरक्षणका लागि विद्यालयले पहिलो पटक सामुहिक व्रतबन्ध कार्यक्रम गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद घिमिरेले बताउनुभयो ।

अबदेखि हरेक वर्ष विद्यालयले यस्तै सामुहिक व्रतबन्ध कार्यक्रमको आयोजना गर्ने उहाँले बताउनुभयो । शारदा संस्कृत माविले निशुल्क छात्रवासको व्यवस्था सहित कर्मकाण्ड र संस्कृत विषय पढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार