वार्षिकोत्सको अवसरमा शारदा संस्कृत माविलाई खाद्यान्न सहयोग

वार्षिकोत्सको अवसरमा शारदा संस्कृत माविलाई खाद्यान्न सहयोग

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रामेछापले शारदा संस्कृत माध्यमिक विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले शुक्रबार (आज) रामेछाप जिल्लाकै एक मात्र संस्कृत माविलाई खाद्यान्न सहयोग गरेको हो ।

सस्ंथाको ११ औँ वार्षिकोत्सको अवसरमा उक्त विद्यालयमा छात्रवासमा बसेर कर्म काण्ड तथा संस्कृत पढिरहेका विद्यार्थीहरुलाई खाद्यान्न उपलब्ध गराइएको संस्थाका रामेछाप शाखा प्रमुख बद्री सुवेदीले जानकारी दिनुभयो ।

रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले विद्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभयो । खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै उहाँले नगरपालिकाले पनि कर्म काण्ड तथा संस्कृत पढिरहेका विद्यार्थीहरुलाई सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङले पछिल्लो समय नागरीकले लघुवित्त संस्थालाई हेर्ने दृष्टिकोण केही फरक भएको बताउनुभयो । यस्ता कार्यक्रमहरुले लघुवित्त संस्था प्रती नागरीकले गर्ने विश्वास बढ्दै जाने उहाँले बताउनुभयो । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रामेछापले चामल,तेल,नुन,दाल लगायतका खाद्यान्न समाग्री विद्यालयलाई सहयोग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार