शारीरिक अपाङ्गता परीक्षण शिविरमा ५८ जनाले लिए सेवा

शारीरिक अपाङ्गता परीक्षण शिविरमा ५८ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा भएको शारीरिक अपाङ्गता परीक्षण शिविरमा ५८ जनाले सेवा लिएका छन । बिहिबार(आज) संचालन भएको शिविरमा ४२ जना बालबालिका र माथिल्लो उमेर समुहका १६ जनाले सेवा लिएका हुन ।

सेवा लिएका मध्ये ४ जनालाई अपरेशन गर्नुपर्ने देखिएको रामेछाप नगरपालिकाका महिला विकास निरीक्षक सरिता बुढाथोकीले जानकारी दिनुभयो । शिविरमा अपाङ्गता पहिचान भएकाहरुलाई उनिहरुको आवश्यकताको आधारमा विभिन्न सामाग्रीहरु वितरण गरिएको उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा काभ्रेको आयोजना शिविर संचालन भएको हो । शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको,आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको,भाँचिएर बाङ्गो भएको वा हड््डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको,ढाड बाङ्गो वा कुप्रो भएको,जोनीहरु र घुँडाको पाङग्रो खुस्किएको लगायत विभिन्न अवस्थाहरुको जाँच गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार