प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भने, ‘पार्टी एकता जटिल मोडमा पुगेको छ’

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भने, ‘पार्टी एकता जटिल मोडमा पुगेको छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरुसँग शनिबार साँझ वालुवाटारमा छलफल गरेका छन् । साँझ ७ः१५ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुसँग छलफल जुटेका थिए ।

मन्त्रीहरुसँगको छलफलअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग पनि भेट गरेका थिए । पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको पछिल्लो विवादबारे ब्रिफिङ गरेका थिए । ‘प्रधानमन्त्रीज्यूले एकता गम्भीर मोडमा पुगेको कुरा राख्नुभयो । आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको कुरा दोहोराउँदै अहिले आफूलाई घेराबन्दीमा पारेको जिकिर गर्नुभयो,’ ती मन्त्रीले भने । प्रधानमन्त्रीले अब जे पनि हुनसक्ने संकेत गर्दै सबैलाई जो जताको पक्षमा हुनुहुन्छ त्यता नै रहन सुझाव दिएको ती मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार