गाडी किन्दा स्किम मात्रै हेरेर हुँदैनः भट्ट

गाडी किन्दा स्किम मात्रै हेरेर हुँदैनः भट्ट

नेपालको अटोमोवाइल्स बजार अहिले स्किमको लहर नै चलेको छ। सामान्यतया दशै तिहारमा आउने स्किम व्यवसायीहरुले अहिल्यै ल्याएका हुन्।

कोभिड १९ को महामारीले सिथिल बनाएको अटोमोवाइल क्षेत्रलाई चलायमान बनाउन स्किम ल्याइएको व्यवसायीहरुको भनाई छ। नेपालमा लोकप्रिय मध्येको एक हुण्डाईले पनि आफ्ना ग्राहकको लागि विभिन्न योजना ल्याएको छ।

लकडाउनको कारण अटोमोवाइल्स क्षेत्रमा परेको असर, कम्पनीको भावी योजना लगायतको विषयमा हामीले हुन्डाइ नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक रुपेश शर्मा भट्टसगँ गरिएको कुराकानीको अंशः

असार १ देखि यता हुण्डाईका गाडीहरुको सेल्स, बुकिङ र इन्क्वायरी कस्तो छ?

लकडाउन पछि फुल फेजमा भन्दा पनि सरकारको मापदण्डलाई पालना गरेर न्यूनतम कर्मचारी प्रयोग गरेर देशभरी शोरुम संचालन गरिरहेका छौं। शोरुममा पनि हामीले शरिरको तापक्रम जाच्नेदेखि हात धुने, स्यानिटाइजर, लाउन्जमा सामाजिक दुरी लगायतका प्रोटोकलको व्यवस्था गरेका छौ। ग्राहकहरु निश्चिन्त भएर शोरुम आउन सक्नु हुन्छ।

अहिले धेरै इन्क्वायरीहरु छन्, केही बुकिङहरुपनि भइरहेका छन्। यस्तो अवस्थामा पनि ग्राहकलाई गाडी किन्नको चाहाँ चाही देखिन्छ। किनभने यस्तो अवस्थामा पनि ग्राहक शोरुममा आउनु हुन्छ भने टाइम पास गर्न त पक्कै आउनु हुन्न। हामीले सोचेको भन्दा धेरै इन्क्वायरीहरु आइरहेका छन्।

यो समयमा ग्राहकलाई आकर्षित गर्न के– के काम गरिरहनु भएको छ ?

हाल हामीले स्किम लन्च गरेका छौ। स्किमको लागि यो वर्ष हामीले इएमआईमा नै केही सहयोग गर्नसक्यौं भने ग्रहकलाई केही सहज हुन्छ भनेर त्यहीअनुसारको स्किम बनाएका छौ। हामीले ८ वर्षको फाइन्यान्स सुविधा दिएका छौ, यसले गर्दा ग्राहकलाई यसैपनि राहत हुन्छ।

त्यस्तै ग्राण्ड आईटेन, स्यान्ट्रो र क्रेटामा पहिलो वर्षको इएमआई जति आउँछ त्यसको ५० प्रतिशत हामीले तिर्दिन्छौ। अन्य गाडीहरुमा नगद छुट र १ वर्षको विमाको व्यवस्था गरेका छौ।

त्यसैगरी सबै गाडीहरुमा आगामी वर्षको रोड ट्याक्स पनि हामी दिन्छौ। स्वास्थ्यकर्मीको कामलाई उच्च सम्मान गर्दै २५ हजार बराबरको सर्भिस प्याकेज प्रदान गर्छौ, त्यो उहाँहरुले २ वर्षसम्म प्र्रयोग गर्न पाउनु हुन्छ। सबै गाडीहरुमा शोरुम डिस्काउन्ट यथावतनै हुने व्यवस्था मिलाएका छौ।

इन्ट्री लेबलको गाडी किन्नेलाई के छ व्यवस्था ?

 स्यान्ट्रोको इरा किन्नेलाई पहिलो वर्ष मासिक १६ हजारको सट्टा ५० प्रतिशत ८ हजारको हाराहारी तिरेपछि गाडी लैजान पाउनु हुन्छ।

सबै कम्पनीले स्किम ल्याएका छन्, तपाईहरुको स्किममा चाहीँ के फरक छ?

अहिले यसो हेर्दा स्किमहरु उस्तै–उस्तै जस्तो देखिन्छ। हामीले चाहीँ डिस्काउण्ट पनि दिएर इएमआई पनि १ वर्षसम्म ५० प्रतिशत हामीले तिर्दिन्छौ। त्यस्तै हाम्रोमा स्वास्थ्यकर्मीलाई २५ हजारको विशेष प्याकेज छ।

स्किम ल्याउदैमा गाडी बिक्छ जस्तो लाग्छ?

हामी ३ महिनादेखि लकडाउनमा बसेपछि बल्ल बजारमा आएका छौ। स्किमले बजारलाई केही चलायमान बनाउँछ की, ग्राहकको मानसिकतामा केही परिवर्तन ल्याउछ की भनेर प्रयास गरेका हौ। ग्राहकको फ्लो हेर्दा हाम्रो प्रयास केही हदसम्म सफल भयो भन्ने लाग्छ।

किस्तामा गाडी किन्नेलाई कत्तिको झण्झट हुन्छ?

हामीले जुन बैंकसगँ काम गरेका छौ, उहाँहरुले निकै सहज तरिकाले फाइन्यास गरिदिनुहुन्छ। फाइन्यान्सको बारेका केही पनि नजानेको मान्छेलाई पनि हाम्रा शोरुममा रहेका प्रतिनिधीले सहजिकरण गरिदिनुहुन्छ।

हुण्डाईको गाडीको बारेमा बुझ्न ग्रहकलाई कस्ता–कस्ता माध्यम दिनुभएको छ?

हामी फोनबाट ग्राहकसगँ जोडिइ राखेका छौ। शो रुम नआई टेष्ट राइड गर्न चाहानेहरुको लागि पनि उहाँकै लोकेसनमा सेवा दिने व्यवस्था गरेका छौ। त्यस्तै अरु विकल्पको पनि अध्ययन गरिरहेका छौ।

अहिलेको अवस्थामा हुण्डाईको पुराना ग्राहककाका लागि सर्भिसिङको लागि कस्तो व्यवस्था मिलाउनु भएको छ?

पहिलो कुरो त हामीले सर्भिस सेन्टरमा पनि कोभिडको प्रोटोकल अवलम्बन गरेका छौ। ग्राहकलाई हामीले दिने ४ वर्षको निशुल्क सर्भिसिङ लकडाउनमा प्रयोग गर्न नपाउनेहरुको पनि ल्याप्स हुँदैन। त्यस्तै हामीले आवस्यकता परेको खण्डमा रिमोट सर्भिस पनि प्रदान गरिरहेका छौ। लकडाउनकै अवधीमा पनि स्वास्थ्यकर्मीको लागि मोवाइल सर्भिस दिएका थियौ।

आफ्ना ग्राहकहरुको लागि केही भन्न चाहानुहुन्छ?

मैले जहिलेपनि के भन्छु भने स्किमरुले धेरैले ल्याउँछन्, हामीले पनि ल्याएका छौं। तर स्किम हेरेर मात्रै पनि गाडी किने निणर्य नगरौ। गाडी भनेको घरपछिको दोस्रो ठुलो लगानी र सपना हो। अहिले इन्टरनेटको सुविधाको कारणले सूचना सजिलै थाहा पाउन सकिन्छ। त्यसैले अलिकति प्रोडक्टको बारेमा अध्ययन गरेर, प्रयोगकर्ताहरुलाई सोधेर मात्र किन्नुपर्छ।

गाडी कत्तिको टिकाउ छ, पाट्स र डिलर नेटवर्क कस्तो छ, गाडीको रिसेल भ्यालु कस्तो छ, त्यो ब्राण्ड ल्याउने डिस्ट्रिब्युटर कत्तिको उत्तरदायी छ त्यो हेनुपर्छ। किनभने संसारमा टप पोजिसनमा भएको ब्राण्डको पनि कुनैकुनै देशमा यास्ता स–साना कुरामा समस्या देखिएको उदाहरणहरु छन्।

सेतोपाटी बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार