हायु एकता समाज नेपालद्धारा वादीका आगलागी पीडितलाई सहयोग

हायु एकता समाज नेपालद्धारा वादीका आगलागी पीडितलाई सहयोग

हायु एकता समाज नेपालले रामेछाप जिल्लाको रामेछाप नगरपालिका – ८ वादीका आगलागी पीडितलाई राहत उपलब्ध गराएको छ । यहि फागुन ४ गते वादीका जित बहादुर हायुको घरमा आगलागी हुँदा घर तथा गोठ पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

आर्थिक अवस्था निकै कमजोर हायु परिवारलाई हायु एकता समाज नेपालले बुधबार उहाँको घरमै पुगेर सहयोग गरेको हो । हायु एकता समाज नेपालका अध्यक्ष लक्ष्मण हायु,सचिव सुजन हायु र कोषाध्यक्ष बिमला हायुसहितको टिम नै राहत लिएर आगलागी पीडितको घर पुगेको हो ।

चामल,चिउरा,थाल,गाग्री र फिल्टर आगलागी पीडितलाई हस्तान्तरण गरिएको हो । देशभर छरिएर रहेका हायु जातिहरुको साझा संस्था हायु एकता समाज नेपालले हायु जातिको हक,अधिकार र उत्थानका क्षेत्रमा काम गर्ने अध्यक्ष लक्ष्मण हायुले बताउनुभयो ।

आगलागी पीडित हायु परिवारलाई स्थानिय सरकार,नेपाली सेना,जिल्ला विपद व्यवस्थापन समिति र रामेछाप काठमाडौँ सृजनशील समाजले यस नै सहयोग उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार