जिल्ला अस्पताल रामेछापमा उपचारत बिरामीलाई फलफूल वितरण

जिल्ला अस्पताल रामेछापमा उपचारत बिरामीलाई फलफूल वितरण

निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामेछापले सोमबार आफ्नो सहकारी स्थापना दिवस मनाएको छ । सहकारीले १० वर्ष पुरा गरी ११ वर्ष प्रवेश गरेको अवसरमा जिल्ला अस्पताल रामेछापमा उपचारत विरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरेर मनाईएको हो ।

फलफूल वितरणको क्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले विरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । स्थापना दिवसकै अवसर पारेर सोमबारबाट एक हप्तासम्म सप्ताहव्यापी रुपमा निशान बचतमा निशुल्क खाता खोल्न सकिने अभियान सञ्चालन गरेको निशान बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

साथै गत वर्षदेखि निशान स्वास्थ्य विमा अनुदान कार्यविधि लागु गरि १७ जना सदस्यहरुले यो सेवा लिईरहेका छन् भने यो वर्ष ३० जना थप गरि यो कार्यक्रमलाई निरन्तरता दिने पनि श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार