रामेछाप सहितका केही जिल्लाका पशुमा खोरेत रोगको सङ्क्रमण,खोप लगाउन विज्ञको सुझाव

रामेछाप सहितका केही जिल्लाका पशुमा खोरेत रोगको सङ्क्रमण,खोप लगाउन विज्ञको सुझाव

आफ्ना पशुमा खोरेत रोगको सङ्क्रमण भएनभएको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् । अहिले ओखलडुङगा, रामेछाप, सिन्धुली, बैतडी, डडेलधुरा र डोटी आसपासका जिल्लाका केही स्थानीय तहमा पालिएका पशुमा खोरेत रोगको सङ्क्रमण देखिएकाले सचेत हुन विज्ञले सुझाव दिएका हुन् ।

खोरेत तथा सीमा विहिन पशुरोग अन्वेसन प्रयोगशाला बुुढानिलकण्डमा कार्यरत डा. कृष्णराज पाण्डेले आफ्ना पशु चौपायामा खोरेत रोग लाग्न सक्ने भएकाले एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा विशेष ख्याल गर्न सुझाव दिनुभयो । उहाँका अनुसार गत साउनयता हालसम्म दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कालिकोट ओखलडुङगा, रामेछाप र सिन्धुलीका केही स्थानीय तहमा यो रोगको सङ्क्रमण पुष्टि भएको छ ।

गत वर्ष ४५ जिल्लाका पशुमा खोरेत फैलिएको थियो । खोरेत लागिसकेपछि यसको उपचार गर्न नसकिने भएकाले आफ्ना पशुचौपायालाई अनिवार्य खोप लगाउन पनि डाक्टर पाण्डेले आग्रह गर्नुभयो । खोरेत एक प्रकारको पशुहरूलाई लाग्ने सरुवा रोग हो । यो रोग खास गरेर घरमा पालिने गाई, भैंसी, बाख्रा आदीलाई लाग्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार