महिला कर्मचारीको गुनासो सुन्न रामेछाप नगरपालिकामा समिति गठन

महिला कर्मचारीको गुनासो सुन्न रामेछाप नगरपालिकामा समिति गठन

महिला कर्मचारीको गुनासो सुन्न रामेछाप नगरपालिकामा समिति गठन गरिएको छ । लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण कायम गर्नका लागि नगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाकाे सहजिकरणमा समिति गठन गरिएको हो ।

नगरपालिका,वडा तथा नगरपालिका मातहत संचालित विभिन्न कार्यालयहरुमा कार्यरत महिला कर्मचारीहरुकाे गुनासाे ब्यबस्थापनका लागि समिति गठन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख बिमला शर्माले बताउनुभयो । शान्ता देबि ढकालको संयोजकत्वमा घना श्रेष्ठ, बिमला शर्मा,बिन्दा मगर,बिमला तामाङ सदस्य रहने गरि समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार