रामेछापमा मतगणना निकै सुस्त,अन्तिम परिणाम आउन दुई हप्ता लाग्ने अनुमान

रामेछापमा मतगणना निकै सुस्त,अन्तिम परिणाम आउन दुई हप्ता लाग्ने अनुमान

रामेछापमा मतगणना निकै सुस्त गतिमा भैरहेको छ । यहि गतिमा मत गणना भए मतपरिणाम सार्वजनिक हुन अझै दुई हप्ता मतदाताले कुर्नुपर्ने देखिएको छ । सोमवार साँझ सर्वदलिय बैठक राखेर राती १० वजेवाट शुरु भएको मतगणना ३ वटा पालिकाको मात्रै सम्पन्न भएको छ ।

जिल्लाका अझै ५ वटा पालिकाको मत गणना हुन बाँकी रहेको छ । हालसम्म प्रदेश क को उमाकुण्ड,गोकुलगंगा र लिखुतामाकोशीको मात्रै मतगणना सम्पन्न भएको छ । प्रदेश क को रामेछाप नगरपालिकाको मतगणना हुन बाँकी नै रहेको छभने प्रदेश ख को मतगणना सुरु हुन सकेको छैन ।

रामेछापका राजनितिक दलका नेताहरु र उम्मेदवारले छिटो मतगणना गर्न चासो नदेखाउँदा मतपरिणाम सुन्न प्रतिक्षामा बसेका आम मतदातामा नैराश्यता छाएको छ । चार स्थानमा मात्रै मतगणना हुँदा धेरै समय लागेको मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले जानकारी दिनुभयो । जिल्लामा कुल १ लाख ८० हजार १ सय ६ जना मतदाताहरु मध्ये ८८ हजार ९ सय ३३ जना मतदाताले मतदान गरेका थिए । अहिलेकै गतिमा मत गणना भए मतपरिणाम सार्वजनिक हुन अझै दुई हप्ता लाग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार