रामेछापका पत्रकारलाई निर्वाचन आचारसंहिताको विषयमा अभिमुखिकरण

रामेछापका पत्रकारलाई निर्वाचन आचारसंहिताको विषयमा अभिमुखिकरण

जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचन आचारसंहिताको विषयमा मिडिया अभिमुखिकरण कार्यक्रम गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वस्थ, निश्पक्ष र विश्वसनिय बनाउन उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी जिल्लाका पत्रकारहरुलाई जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर कुमार शाहले निर्वाचनमा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा जानकारी गराउनुभएको थियो ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय रामेछापले पत्रकारलाई प्रशिक्षण दिएको हो । निर्वाचनलाई स्वच्छ, निश्पक्ष र विश्वसनिय बनाउन आयोगले निर्वाचन आचारसंहिता २०७९ जारी गरिसकेको छ । उक्त अभिमुखिकरण कार्यक्रममा बोल्दै रामेछापका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस ईन्दिरा शर्माले आचारसंहिताको अधिनमा रहेर रिपोर्टिङ गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनलाई निश्पक्ष र विश्वसनिय बनाउन पत्रकारको भूमिका निकै महत्वपूर्ण हुने भन्दै मतगणनाको बेला मिडियाका लागी छुट्टै सुचना डेस्कको स्थापना गर्ने प्रबन्ध मिलाइने बताउनुभयो । कार्यक्रममा रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनुस कुमार घिमिरेले चुनावका समयमा पत्रकारहरुले सत्य,तथ्य र निश्पक्ष रुपमा कलम चलाउनुपर्ने भन्दै कुनै पनि दल तथा उम्मेदवारको पक्ष विपक्षमा समाचार सम्प्रेषण नगर्न अनुरोध गर्नुभयो । कार्यक्रममा रामेछाप जिल्लामा क्रियासिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार